काठमाडौं। भिम बि.सी.को शब्द/संगीत,मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारी र सबैको लोक प्रिय गायक टेक बि.सी.को स्वरमा “पलमै माया” सार्वजनिक भएको छ।
गीतमा भिम बि.सी.को शब्द/संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारी र सबैको लोक प्रिय गायक टेकबि.सी.को स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई विश्व अधिकारीले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
बिक्रम चौहानको कथा/निर्देशन रहेको उक्त भिडियोमा उषा उप्रेती/टेक बि.सी. र साजन बुध मगरको अभिनय रहेको छ। दिनेश पराजुलीले छायांकन गरेको भिडियोलाईमिन रावलले सम्पादन,कलर गरेका हुन् । टेक बि.सी. को प्रस्तुती रहेको “पलमै माया” म्यूजिक भिडियो Tek BC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :