काठमाडौं। नबिन कार्कीको संगीत,मिठो स्वरकी धनी गायिका एलीना चौहानको स्वरमा “ए धोकेबाज” सार्वजनिक भएको छ।
गीतमा रमेश लुइँटेलको शब्द,नबिन कार्कीको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका एलीना चौहानको स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
प्रहिल कार्कीको कथा/निर्देशक रहेको उक्त भिडियोमा समिप निरौला/निक्स शर्मा/आवा थापा/चिती भाई /दिपेन्द्र गौतम/खेम पाण्डेको अभिनय रहेको छ। उत्तम हुमागाईंले छायांकन गरेको भिडियोलाई माधब बेलबासेले सम्पादन,कलर गरेका हुन् । Nepali Melodies को प्रस्तुती रहेको “ए धोकेबाज” म्यूजिक भिडियो Nepali Melodies अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :