काठमाडौं। मिठो स्वरकी धनी गायिका अस्मिता डल्लाकोटी र सबैको लोक प्रिय गायक खेम सेन्चुरीको स्वरमा “हातमा रुमाल छ” सार्वजनिक भएको छ।
गीतमा रमेश परियारको शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका अस्मिता डल्लाकोटी र सबैको लोक प्रिय गायक खेम सेन्चुरीको स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिश्वास नेपालले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
स्मृति तिमिल्सिना “गुरुआमा” को निर्देशक/कोरीयोग्राफी रहेको उक्त भिडियोमा ओबी रायमाझी र संचिता बोलखेको अभिनय रहेको छ।नबराज उप्रेतीले छायांकन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । राजेन्द्र खत्री निर्माता र Smita Sneha Entertainment को प्रस्तुती रहेको “हातमा रुमाल छ” म्यूजिक भिडियो Smita Sneha Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :