काठमाडौं। भुवन न्यौपानेको शब्द,मिठो स्वरकी धनी गायिका शरु गौतम सबैको लोक प्रिय गायक राजेन्द्र बजगाईंको स्वरमा “फर्केर हेरन” सार्वजनिक भएको छ।
गीतमा भुवन न्यौपानेको शब्द,राजेन्द्र बजगाईंको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका शरु गौतम सबैको लोक प्रिय गायक राजेन्द्र बजगाईंको स्वर रहेको छ। प्रिज्म डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई राजेन्द्र बजगाईंले संगीत संयोजन रश्यामश्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
अवि वाग्लेको निर्देशन रहेको उक्त भिडियोमा शरु गौतम र राजेन्द्र बजगाईंको अभिनय रहेको छ। प्रवेश अधिकारीले छायाँङ्कन गरेको भिडियोलाई राजेश कुमारले सम्पादन,कलर गरेका हुन् । शरु गौतमको प्रस्तुती रहेको “फर्केर हेरन” म्यूजिक भिडियो Saru Gautam
अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :