काठमाडौं। मित्र के.सी.को शब्द,संगीत रिज्योना कार्की र शैलेश कुमार मिश्रको स्वरमा “जीवन साथी” सार्वजनिक भएको छ।
गीतमा मित्र के.सी.को शब्द,संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका रिज्योना कार्की र सबैको लोक प्रिय गायक शैलेश कुमार मिश्रको स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रञ्जन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
शिवजी क्षेत्रीको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा स्मारिका ढकाल र गणेश भट्टको अभिनय रहेको छ। मुकेश हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । SHIVAJIDANCECENTER को प्रस्तुती रहेको “जीवन साथी” म्यूजिक भिडियो
Bindabasini Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :