Menu Close

प्रियजन राईको संगीत तथा निर्देशनमा साकेला गीत “विनायो मुर्चुङ्गा” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं । प्रियजन राईको संगीत,मनमावी राई/रश्मि राई र नारायण राई/मन्दिप राईको स्वरमा साकेला गीत “विनायो मुर्चुङ्गा” सार्वजनिक भएको छ।

गीतमा मंगल राईको शब्द,प्रियजन राईको संगीत रहेको छ। उक्त गीतमा मिठो स्वरकी धनी गायिका मनमावी राई/रश्मि राई र सबैको लोक प्रिय गायक नारायण राई/मन्दिप राईको स्वर रहेको छ। किंग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बलराम समालले संगीत संयोजन र राजु कार्कीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

प्रियजन राईको निर्देशन,देवु राईको कोरियोग्राफी रहेको उक्त भिडियोमा राजु राई,लिकुहाङ राई,सन्देश राई,सुमिरन राई,सन्जु राई,सिमरन राई, अंग राई, इन्द्र राई,सन्तोष राई,प्रविना राई,तेवा राई,अलिना राई,समीर राई,हरी चन्द्र राई,आइशा राई,जेनी राई,योगेन्द्र राई,शेषकुमार राई, मनिष राज श्रेष्ठ,रुपा जर्गा मगर र जसु श्रेष्ठको अभिनय रहेको छ। विरान तिलुङले छायाँङ्कन,विकाश दहालले ड्रोन अपरेटर गरेको भिडियोलाई दुर्गा बान्तावा राईले सम्पादन,कलर गरेका हुन् । मन्दिप राईको प्रस्तुती रहेको साकेला गीत “विनायो मुर्चुङ्गा” म्यूजिक भिडियो Sumnima Paruhang Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published.