Menu Close

तारा सिरिश मगर र अमर सिंह थापा मगरको सुमधुर स्वरमा कौराहा गीत “जोबन कसलाई हो” सार्वजनिक

Share

काठमाडौं। कुसल सर्जक अमर सिंह थापा मगरको शब्द/संगीत,मिठो स्वरकी धनी गायिका तारा सिरिश मगर र अमर सिंह थापा मगरको सुमधुर स्वरमा कौराहा गीत “जोबन कसलाई हो” सार्वजनिक भएको छ।

अमर सिंह थापा मगरको शब्द,संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायकअमर सिंह थापा मगर र मिठो स्वरकी धनी गायिका तारा सिरिश मगरको सुमधुर स्वर रहेको छ। शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिष्णु तमांगले संगीत संयोजन र कुमार सानुले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

समिर थोकरको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियोमा अमर सिंह थापा मगर,निर कुमार मगर,आरुषी मगर र देविका रक्खाल मगरको अभिनय रहेको छ। सुशील डाँगीले छायाँङ्कन गरेको भिडियोलाई निरञ्जन के.सी.ले सम्पादन,कलर गरेका हुन् । अमर सिंह थापा मगरको प्रस्तुती रहेको कौराहा गीत “जोबन कसलाई हो” म्यूजिक भिडियो SALI BHENA OFFICIAL अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *