काठमाडौं। कुसल सर्जक ज्ञानेन्द्र गिरिको शब्द/संगीत,मिठो स्वरकी धनी गायिका प्रेक्षा लम्साल र रंजन राई को सुमधुर स्वरमा “जीत मान्दिन” सार्वजनिक भएको छ।
ज्ञानेन्द्र गिरिको शब्द,संगीत रहेको छ। उक्त गीतमा लोकप्रिय गायक रंजन राई र मिठो स्वरकी धनी गायिका प्रेक्षा लम्सालको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई ज्ञानेन्द्र गिरिले संगीत संयोजन र बिशाल निरौलाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
केशब राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियोमा प्रभात पल ठकुरी र प्रनीमा दाहालको अभिनय रहेको छ। उत्सव दाहालले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन् । डिसी अधिकारी को प्रस्तुती रहेको “जीत मान्दिन” म्यूजिक भिडियो Pranima Dahal OFFICIAL अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :