Menu Close

प्रियाना आचार्य र बादल घिमिरेको अभिनयमा “कसम तोड्ने भा” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। कुसल सर्जक बादल घिमिरेको संगीत,मिठो स्वरकी धनी गायिका मेलिना राई र रामजी खानको सुमधुर स्वरमा “कसम तोड्ने भा” सार्वजनिक भएको छ।

रेखा खरेलको शब्द,बादल घिमिरेको संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक रामजी खान र मिठो स्वरकी धनी गायिका मेलिना राईको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिशाल घिमिरेको कथा/निर्देशन रहेको उक्त भिडियोमा प्रियाना आचार्य र बादल घिमिरेको अभिनय रहेको छ। नबराज उप्रेतीले छायाँङ्कन गरेको भिडियोलाई पदम सुबेदीले सम्पादन,मिलन बिश्वोकर्माले कलर गरेका हुन् । बादल घिमिरेको प्रस्तुती रहेको “कसम तोड्ने भा” म्यूजिक भिडियो Badal Ghimire OFFICIAL अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *