काठमाडौं। डि.पी.खनालको शब्द,मित्र के.सी.को संगीत र सुनिल दवाडी र ममता गुरुङको सुमधुर स्वरमा “तिमी सामु आएर” सार्वजनिक भएको छ।
डि.पी.खनालको शब्द,मित्र के.सी.को संगीत रहेको उक्त गीतमा सुनिल दवाडी र ममता गुरुङको सुमधुर स्वर रहेको छ। A One Musician स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र किशोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
केशब राज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियोमा प्रभात पल ठकुरी र प्रनीमा दाहालको अभिनय रहेको छ। उत्सव दाहालले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन् । सुनिल दवाडीको प्रस्तुती रहेको “तिमी सामु आएर” म्यूजिक भिडियो Sunil Dawadi अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :