काठमाडौं। क्षितिज सापकोटाको शब्द,सी.डि.विजय अधिकारी र मेनुका पौडेलको सुमधुर स्वरमा “बर्बादी” सार्वजनिक भएको छ।
क्षितिज सापकोटाको शब्द,सी.डि.विजय अधिकारी को संगीत रहेको उक्त गीतमा सी.डि.विजय अधिकारी र मेनुका पौडेलको सुमधुर स्वर रहेको छ। 3S Recording स्टुडियोमा रेकर्ड गरेको गीतलाई पुस्कर खत्रीले संगीत संयोजन र साजन शाहले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
प्राहिल कार्कीको निर्देशन तथा पुनम श्रेष्ठको कोरियोग्राफी रहेको उक्त भिडियोमा आकाश श्रेष्ठ /करुणा श्रेष्ठ /दिपेन्द्र राज गिरि/निर्मल भण्डारीको अभिनय रहेको छ। उत्तम हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई माधब बेलबासेले सम्पादन,कलर गरेका हुन् । क्षितिज सापकोटाको प्रस्तुती रहेको “बर्बादी” म्यूजिक भिडियो Kshitiz Sapkota अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :