काठमाडौं। दिपक शर्माको शब्द/संगीत,हेमन्त शर्मा र बिन्दु पौडेलको सुमधुर स्वरमा “धर्ति माथि जुन” सार्वजनिक भएको छ।
दिपक शर्माको शब्द/संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक हेमन्त शर्मा र मिठो स्वरकी धनी गायिका बिन्दु पौडेलको सुमधुर स्वर रहेको छ। प्रिज्मा स्टुडियोमा रेकर्ड गरेको गीतलाई नरेन्द्र वियोगीले संगीत संयोजन र श्यामस्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
मौसम हिमालीको निर्देशन तथा कोरियोग्राफी रहेको उक्त भिडियोमा अनुप बिक्रम शाही /कविता नेपालीको अभिनय रहेको छ। नबराज उप्रेतीले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । हेमन्त शर्मा र बिन्दु पौडेलको प्रस्तुती रहेको “धर्ति माथि जुन” म्यूजिक भिडियो Hemant Sharma अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :