Menu Close

टेक बि.सी.र अन्जु पन्तको सुमधुर स्वरमा “जीन्दगी हौ तिमि मेरो” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। भिम बि.सी.को संगीत,टेक बि.सी. र अन्जु पन्तको सुमधुर स्वरमा “जीन्दगी हौ तिमि मेरो” सार्वजनिक भएको छ।

हरि भक्त बुढाथोकीको शब्द,भिम बि.सी.को संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक टेक बि.सी. र मिठो स्वरकी धनी गायिका अन्जु पन्तको सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिक्रम चौहानको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा बिक्रम बुढाथोकी र परितोशिका पन्तको अभिनय रहेको छ। प्रकाश खड्काले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । हरि भक्त बुढाथोकीको प्रस्तुती रहेको “जीन्दगी हौ तिमि मेरो” म्यूजिक भिडियो Hari Bhakta Budhathoki अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *