काठमाडौं। डि.बि.लामाको शब्द/संगीत,गोपाल आचार्य र अनु चौधरीको सुमधुर स्वरमा “चखेबा जोडी” सार्वजनिक भएको छ।
डि.बि. लामाको शब्द,संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक गोपाल आचार्य र मिठो स्वरकी धनी गायिका अनु चौधरीको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
एकान्त मगरको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा मोनु शाह र प्रियाना आचार्यको अभिनय रहेको छ। प्रकाश खड्काले छायाँङ्कन गरेको भिडियोलाई एकान्त मगरले सम्पादन,कलर गरेका हुन् । Shah Studio and Company को प्रस्तुती रहेको “चखेबा जोडी” म्यूजिक भिडियो Shah Studio and Company अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :