काठमाडौं। अभि सुनारको शब्द/संगीत,समिक्षा अधिकारीको सुमधुर स्वरमा “मैले जितेर पनि हारे” सार्वजनिक भएको छ।
अभि सुनारको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका समिक्षा अधिकारीको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
अलोन रेशमको कथा/निर्देशन रहेको उक्त भिडियोमा कुशुम शर्मा/अभि सुनार/रमेश सेन्चुरी र करिश्मा छेत्रीको अभिनय रहेको छ। मुकेश हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । Smita Sneha Entertainment को प्रस्तुती रहेको “मैले जितेर पनि हारे” म्यूजिक भिडियो Smita Sneha Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :