Menu Close

सुरेश लामाको “तिमी छौ र म छु” मा पुजा ठकुरीको निर्देशन (भिडियो सहित)

काठमाडौं। मिम बहादुर लामाको शब्द,दीपकराज बिश्वकर्माको संगीत,सुरेश लामा र केशांग लामाको स्वरमा “तिमी छौ र म छु” सार्वजनिक भएको छ।

मिम बहादुर लामाको शब्द,दीपकराज बिश्वकर्माको संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक सुरेश लामा र मिठो स्वरकी धनी गायिका केशांग लामाको सुमधुर स्वर रहेको छ। Audio Lab स्टुडियोमा रेकर्ड गरेको गीतलाई दीपकराज बिश्वकर्माले संगीत संयोजन र मिक्सिङ/मास्टरिङ गरेका हुन्।

पुजा ठकुरीको निर्देशन रहेको उक्त भिडियोमा समिप निरौला र शिला छेत्रीको अभिनय रहेको छ। राम के.सी.ले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । मिम लामाको प्रस्तुती रहेको “तिमी छौ र म छु” म्यूजिक भिडियो Mim Lama Official अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.