Menu Close

सुमन के.सी.र अनु चौधरीको सुमधुर स्वरमा “फूल जस्तै” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। दिपेन्द्र खड्काको शब्द,सुमन के.सी.र अनु चौधरीको स्वरमा “फूल जस्तै” सार्वजनिक भएको छ।

दिपेन्द्र खड्काको शब्द,सरोज पोखरेलको संगीत रहेको उक्त गीतमा लोकप्रिय गायक सुमन के.सी. र मिठो स्वरकी धनी गायिका अनु चौधरीको सुमधुर स्वर रहेको छ। THE PEAK स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुमन के.सी.ले संगीत संयोजन र चन्द्र चौधरीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

साजन कटेलको निर्देशन रहेको उक्त भिडियोमा झलक मणि अधिकारी र आभा थापाको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन् । सुमन के.सी.को प्रस्तुती रहेको “फूल जस्तै” म्यूजिक भिडियो Suman
KC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *