काठमाडौं। प्रदीप खनालको शब्द,कुशल बेलबासे र शान्ती श्री परियारको स्वरमा “रातो रिबन” सार्वजनिक भएको छ।
प्रदीप खनालको शब्द,कुशल बेलबासेको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक कुशल बेलबासे र मिठो स्वरकी धनी गायिका शान्ती श्री परियारको सुमधुर स्वर रहेको छ। 1 DB HD स्टुडियोमा रेकर्ड गरेको गीतलाई सुमन परियारले संगीत संयोजन र HBN किस्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
जेरी भण्डारीको कथा/निर्देशन रहेको उक्त भिडियोमा शिशिर पौडेल र जुना कार्कीको अभिनय रहेको छ। राम के.सी.ले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । Gunjan Nepal को प्रस्तुती रहेको “रातो रिबन” म्यूजिक भिडियो Shisir Poudel अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :