काठमाडौं। कुशल बेलबासे र शान्ती श्री परियारको स्वरमा “चाइना कलम” सार्वजनिक भएको छ।
कुशल बेलबासेको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक कुशल बेलबासे र मिठो स्वरकी धनी गायिका शान्ती श्री परियारको सुमधुर स्वर रहेको छ। राग स्टुडियोमा रेकर्ड गरेको गीतलाई आसिश अविरलले संगीत संयोजन र मनोज परियारले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
स्मृति तिमिल्सिना “गुरुआमा” को निर्देशन रहेको उक्त भिडियोमा सारिका के.सी. र निक शर्माको अभिनय रहेको छ। नबराज उप्रेतीले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन,कलर गरेका हुन् । Smita Sneha Entertainment को प्रस्तुती,राजेन्द्र खत्री निर्माता रहेको “चाइना कलम” म्यूजिक भिडियो Smita Sneha Entertainment अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :