Menu Close

कृष्ण के.सी.को शब्द/संगीतमा “फूलमाया कान्छी” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। कृष्ण के.सी.को शब्द/संगीत,योगेश काजी शाह र शान्ती श्री परियारको सुमधुर स्वरमा “फूलमाया कान्छी” सार्वजनिक भएको छ।

कृष्ण के.सी.को शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक योगेश काजी शाह र मिठो स्वरकी धनी गायिका शान्ती श्री परियारको सुमधुर स्वर रहेको छ। SMS HD स्टुडियोमा रेकर्ड गरेको गीतलाई योगेश काजी शाहले संगीत संयोजन र श्यामश्वेत रसाइली ले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

सुनिल बि.क.को कथा/निर्देशन र मौशम हिमालीको कोरियोग्राफी रहेको उक्त भिडियोमा प्रकाश सपुत र सनिषा भट्टराईको अभिनय रहेको छ। बुद्ध थापाले छायाँङ्कन गरेको भिडियोलाई प्रविन भट्टले सम्पादन,मिलन बिश्वोकर्माले कलर गरेका हुन् । कोपिला खत्रीको प्रस्तुती रहेको “फूलमाया कान्छी” म्यूजिक भिडियो Aafno Maan अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *