काठमाडौं। दिनेश राज पुरीको शब्द,सुभाष पुरी र एलीना चौहानको स्वरमा “हात समाई हिडाैला” सार्वजनिक भएको छ।
दिनेश राज पुरीको शब्द,नबिन कार्कीको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सुभाष पुरी र मिठो स्वरकी धनी गायिका एलीना चौहानको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
पुजा ठकुरीको निर्देशन रहेको उक्त भिडियोमा स्मारिका ढकाल र दिनेश कठायतको अभिनय रहेको छ। योदीन योन्जनले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । Music Junction को प्रस्तुती रहेको “हात समाई हिडाैला” म्यूजिक भिडियो Music Junction अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :