काठमाडौं। अर्जुन पोखरेलको शब्द/संगीत,प्रताप दास र अन्जु पन्तको सुमधुर स्वरमा “यस्तै पिरती लाउ” सार्वजनिक भएको छ।
अर्जुन पोखरेलको शब्द/संगीत,रहेको उक्त गीतमा लोक प्रिय गायक प्रताप दास र मिठो स्वरकी धनी गायिका अन्जु पन्तको सुमधुर स्वर रहेको छ। ए प्लस स्टुडियोमा रेकर्ड गरेको गीतलाई महाराज थापाले संगीत संयोजन र नरेश बि.बि.सी. मिक्सिङ/मास्टरिङ गरेका हुन्।
साजन कटेलको निर्देशन रहेको उक्त भिडियोमा कमल सिंह र गुराँस ढकालको अभिनय रहेको छ। दिनेश परजुलीले छायाँङ्कन गरेको भिडियोलाई राकेश दाहालले सम्पादन,कलर गरेका हुन् । मोक्तान डिजिटलको प्रस्तुती रहेको “यस्तै पिरती लाउ” म्यूजिक भिडियो Moktan Digital अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :