काठमाडौं। चक्र बिश्वोकर्मा र अन्जु पन्तको सुमधुर स्वरमा “रेशमिको डोरी” सार्वजनिक भएको छ।
सुप्रिम राज बिश्वोकर्माको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक चक्र बिश्वोकर्मा र मिठो स्वरकी धनी गायिका अन्जु पन्तको सुमधुर स्वर रहेको छ। 1DB HD Next Lavel स्टुडियोमा रेकर्ड गरेको गीतलाई दर्पण यात्रीले संगीत संयोजन र HBN किस्मतले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
चित्र मास्के मगरको निर्देशन रहेको उक्त भिडियोमा शिल्पा पोख्रेल र दिलिप ओखेडाको अभिनय रहेको छ। बिबेक बि.क.ले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । शुभारम्भ डिजिटल म्यूजिकको प्रस्तुती रहेको “रेशमिको डोरी” म्यूजिक भिडियो Shubharambha Digital Music अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :