Menu Close

एकेन्द्र भुलको शब्द,क्षितिज दाहाल र प्रबिशा अधिकारी स्वरमा “मायाको राज्य” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। क्षितिज दाहाल र प्रबिशा अधिकारी सुमधुर स्वरमा “मायाको राज्य” सार्वजनिक भएको छ।

एकेन्द्र भुलको शब्द,शंकर थापा स्माईलको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक क्षितिज दाहाल र मिठो स्वरकी धनी गायिका प्रबिशा अधिकारीको सुमधुर स्वर रहेको छ। ओपल स्टुडियोमा रेकर्ड गरेको गीतलाई विश्व अधिकारीले संगीत संयोजन र अशोक महर्जनले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

उत्तम श्रेष्ठ (सिसिर)को निर्देशन रहेको उक्त भिडियोमा शंकर श्रेष्ठ / उषा उप्रेती र सुमन सिङ्ग्देन तामांगको अभिनय रहेको छ। राजेश घिमिरेले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । Creative Hour को प्रस्तुती रहेको “मायाको राज्य” म्यूजिक भिडियो Creative Hour Production अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *