काठमाडौं। गोपी दाहालको शब्द,प्रमोद खरेलको सुमधुर स्वरमा “ए बैमानी” सार्वजनिक भएको छ।

गोपी दाहालको शब्द,नबिन कार्कीको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
पुजा ठकुरीको निर्देशन रहेको उक्त भिडियोमा दिनेश कठायत (कजिसाब) /माया ठकुरी / श्याम सुनार र मिलन खड्काको अभिनय रहेको छ। उमेश बहादुर शाहले छायाँङ्कन गरेको भिडियोलाई बिनोद बमले सम्पादन,कलर गरेका हुन् । गोपी दाहालको प्रस्तुती रहेको “ए बैमानी” म्यूजिक भिडियो Darpan Medias अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :