Menu Close

मिस्टर एन्ड मिस्स एस इ इ को पहिलो अडिसन सम्पन्न।

शाह इन्टरटेन्मेन्ट नेपाली समुदायमा स्थानीय कला, फेसन र प्रतिभालाई प्रवर्द्धन गर्नमा दृढ विश्वास गर्छ। यो एउटा प्लेटफर्म हो जसले आकांक्षी कलाकारहरूलाई र मोडेलहरुलाइ उनीहरूको लुकेका प्रतिभाहरू प्रदर्शन गर्न बजारमा एक्सपोजर प्रदान गरेर उनीहरूलाई बढावा दिएर अवसरहरू बढाउन योगदान पुर्‍याउँछ। विगत ६ वर्षहरूमा, धेरै युवा प्रतिभाहरूले मोडेल, अभिनेता र मिडिया व्यक्तित्वहरूको रूपमा आफ्नो करियर फस्टाएका छन् ।

हाम्रो मुख्य आकर्षण Mr and Miss See Asia हो यो एउटा प्लेटफर्म हो जसमा See दिएर बस्नुभएको बिद्यार्थीहरु भाग लिन पाउने छ्न। विगत ६ वर्षको अन्तरालमा हामीले धेरै त्यस्ता इभेन्टहरु सफलता पुर्वक सप्पन्न गर्दौ आएका छौ। नेपाली उद्योगमा धेरै जसो कलाकारहरूले आफ्नो नाम कमाउन सफल भएका छन र कम्पनीको रूपमा स्थापित गरेको छ।

शाह इन्टरटेन्मेन्ट द्वारा प्रस्तुत Mr and Miss See Asia का सफलता पुर्वक आज १ बैशाख रविबारको दिन ग्रान्ड अडिसन क्रन्ची कर्नर रेस्टुरेन्टमा सप्पन्न भएको जसमा लभिन अन्सारी(फेसन कोच),नियुक्ती शेर्पा(फेश अफ राज्धानी -२ का बिजेता),राकेश रन्पाल(मेक अप आर्टिस्ट),टिना थापा(मोडेल) निर्णायक ज्युहरु आ-आफ्नो भुमिका निर्वाह गर्नु भएको थियो र साथै केही सिट अझै बाकी रहेकोले उक्त सिटको लागि छिटो भन्दा छिटो सम्पर्क गरि आफ्नो आफ्नो आवेदन पेश गर्दिनुहोला भने कुरा यस कार्यक्रमका Managing Director टिना थापाले जानकारी दिनु भएको छ।

हामी अझै ठुलो र राम्रो संस्करणको साथ फर्किएका छौं। हामीले फेसन उद्योगको चिन्तालाई सम्बोधन गर्ने भन्ने विश्वासका साथ प्रतिस्पर्धालाई पुन: आकार दिने उद्देश्यका साथ See Asia सञ्चालन गर्दैछौं र सबै व्यक्तिहरूलाई सँगै इतिहास बनाउन स्वागत गर्दछौं ।

केहि तस्बिरहरु :

Leave a Reply

Your email address will not be published.