Menu Close

मित्र के.सी.को शब्द,संगीतमा “के यहि माया हो” सार्वजनिक (भिडियो सहित)

काठमाडौं। मित्र के.सी.को शब्द,संगीत सुरेश लामा र आरति ढकालको सुमधुर स्वरमा “के यहि माया हो” सार्वजनिक भएको छ।

मित्र के.सी.को शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सुरेश लामा र मिठो स्वरकी धनी गायिका आरति ढकालको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

नारायण मगरको निर्देशन रहेको उक्त भिडियोमा आदित्य ठकुरी र सुमित्रा तामांगको अभिनय रहेको छ। संजय बुढाथोकी मगरले छायाँङ्कन गरेको भिडियोलाई संजय अधिकारीले सम्पादन,कलर गरेका हुन् । मित्र के.सी.को प्रस्तुती रहेको “के यहि माया हो” म्यूजिक भिडियो Mitra KC अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.