Menu Close

रिदम अस्मित साउदको संगीतमा “आशु आशुको ताल” फिमेल भर्सन सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। रिदम अस्मित साउदको संगीत,स्नेहा छेत्रीकोको सुमधुर स्वरमा “आशु आशुको ताल” फिमेल भर्सन सार्वजनिक भएको छ।

गणेश बनको शब्द,रिदम अस्मित साउदको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका स्नेहा छेत्रीको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

रिदम अस्मित साउदको कथा/निर्देशन रहेको उक्त भिडियोमा रिदम अस्मित साउद,सदिक्ष्या पाण्डे र बिमला बोहराको अभिनय रहेको छ। कृष्ण ओडले छायाँङ्कन गरेको भिडियोलाई उमेश साउदले सम्पादन,कलर गरेका हुन् । रिदम अस्मित साउदको प्रस्तुती रहेको “आशु आशुको ताल” फिमेल भर्सन म्यूजिक भिडियो RidamAsmit Saud अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *