Menu Close

इन्द्र दाहाल “शिशिर”को शब्द,प्रमोद खरेलको सुमधुर स्वरमा “पाउको धुलो” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। तुल्शिराम बि.कान्छाको संगीत,प्रमोद खरेलको सुमधुर स्वरमा “पाउको धुलो” सार्वजनिक भएको छ।

इन्द्र दाहाल “शिशिर”को शब्द,तुल्शिराम बि.कान्छाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिक्रम चौहानको कथा/निर्देशन रहेको उक्त भिडियोमा बिक्रम बुढाथोकी,रिना गुरुङ र धर्मराज कुमार शाहीको अभिनय रहेको छ। महेश महराले छायाँङ्कन गरेको भिडियोलाई लक्ष्मन चौहानले सम्पादन,मिलन बिश्वोकर्माले कलर गरेका हुन् । KID Digital Media को प्रस्तुती रहेको “पाउको धुलो” म्यूजिक भिडियो KID Digital Media अफिसियल युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *