काठमाडौं। किरण के.उप्रेतीको शब्द,अन्जु पन्त र बिशाल निरौलाको सुमधुर स्वरमा “एउटा खुशी” सार्वजनिक भएको छ।
किरण के.उप्रेतीको शब्द,ज्ञानेन्द्र गिरिको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बिशाल निरौला र मिठो स्वरकी धनी गायिका अन्जु पन्तको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
राजिब समर र भिम धितालको निर्देशन रहेको उक्त भिडियोमा बिक्रम बुढाथोकी र जिशु कोइरालाको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई टेकेन्द्र शाहले सम्पादन,कलर गरेका हुन् । भिम धितालको प्रस्तुती रहेको “एउटा खुशी” म्यूजिक भिडियो
Bhim Dhital Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना
भिडियो हेर्नुहोस् :