Menu Close

इन्द्र दाहाल शिशिरको शब्द/संगीतमा “मायाको ब्यापार-२” सार्वजनिक (भिडियोसहित)

लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वरमा “मायाको ब्यापार-२” सार्वजनिक भएको छ।

इन्द्र दाहाल शिशिरको शब्द/संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक प्रमोद खरेलको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिक्रम चौहानको कथा/निर्देशन रहेको उक्त भिडियोमा बिक्रम बुढाथोकी र रिना गुरुङको अभिनय रहेको छ। बुद्ध थापाले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन्। KID Digital Media को प्रस्तुती,सागर कुश्वाहा निर्माता रहेको “मायाको ब्यापार-२” म्यूजिक भिडियो KID Digital Media युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Leave a Reply

Your email address will not be published.