Menu Close

हर्क चामलिंग र अनु चौधरीको सुमधुर स्वरमा “तिम्रो मिठो मायाले” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। उत्तम बर्तौलाको शब्द,सौगात जंग थापाको संगीतमा “तिम्रो मिठो मायाले” सार्वजनिक भएको छ।

उत्तम बर्तौलाको शब्द,सौगात जंग थापाको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक हर्क चामलिंग र अनु चौधरीको सुमधुर स्वर रहेको छ। अलंकार स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र रंजन राईले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

केशव राज भट्टको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा प्रभात पल ठकुरी र सोफी धरेलको अभिनय रहेको छ। उत्सव दाहालले छायाँङ्कन गरेको भिडियोलाई दिन्सन शाहले सम्पादन,कलर गरेका हुन् । हर्क चामलिंगको प्रस्तुती रहेको “तिम्रो मिठो मायाले” म्यूजिक भिडियो Harka Chamling Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *