काठमाडौं। अबल सुनारको शब्द,बिर्ख बिश्वोकर्माको संगीतमा “उनि त मेरै हुने वाली हुन्” सार्वजनिक सार्वजनिक भएको छ।
अबल सुनारको शब्द,बिर्ख बिश्वोकर्माको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बिर्ख बिश्वोकर्मा र मिठो स्वरकी धनी गायिका प्रबिशा अधिकारीको सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई केशव बडुले संगीत संयोजन र कुमार रानाले
मिक्सिङ/मास्टरिङ गरेका हुन्।
दीपाश्री निरौलाको निर्देशन,गम्विर बिस्टको कोरियोग्राफी रहेको उक्त भिडियोमा मिथिला शर्मा /निर्मल शर्मा /रमेश उप्रेती र दीपा श्री निरौलाको अभिनय रहेको छ। हरी हुमागाईंले छायाँङ्कन गरेको भिडियोलाई बिपिन मल्लले सम्पादन,टेकेन्द्र शाहले कलर गरेका हुन् । बिर्ख बिश्वोकर्माको प्रस्तुती रहेको “उनि त मेरै हुने वाली हुन्” म्यूजिक भिडियो Birkha Bishwokarma युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :