काठमाडौं। प्रेम ढुगनाको शब्द,अशिम कुमार कटुवालको संगीतमा “तिमी मलाई है सानु” सार्वजनिक सार्वजनिक भएको छ।
प्रेम ढुगनाको शब्द,अशिम कुमार कटुवालको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक अशिम कुमार कटुवाल र मिठो स्वरकी धनी गायिका कल्पना पराजुलीको सुमधुर स्वर रहेको छ। शंकरा डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिष्णु तामांगले संगीत संयोजन र कुमार सानु पुनले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
निरेन श्रेष्ठको निर्देशन,नितिन वाइबाको कोरियोग्राफी रहेको उक्त भिडियोमा बिजय पुन र जुन एस.डि.को अभिनय रहेको छ। चक्र बहादुर बरालले छायाँङ्कन गरेको भिडियोलाई अमृत चापागाईंले सम्पादन गरेका हुन् । कटुवाल म्यूजिकको प्रस्तुती रहेको “तिमी मलाई है सानु” म्यूजिक भिडियो Ashim Kumar Katuwal युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :