काठमाडौं। प्रमिला बस्नेतको शब्द,शंकर थापाको संगीतमा “बहुरानी” सार्वजनिक सार्वजनिक भएको छ।
प्रमिला बस्नेतको शब्द,शंकर थापाको संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका अनु चौधरीको सुमधुर स्वर रहेको छ। फील स्टुडियोमा रेकर्ड गरेको गीतलाई विश्व अधिकारीले संगीत संयोजन र अशोक महर्जन मिक्सिङ/मास्टरिङ गरेका हुन्।
केशव भट्टको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा रिमा विश्वकर्मा,एलिसा शर्मा,सृष्टी सुब्बा,सम्राट अधिकारी,रश्मी श्रेष्ठ,राधिका थापा,प्रतिक्षा लिम्बु र दिपक भुर्तेलको अभिनय रहेको छ। बुद्ध थापाले छायाँङ्कन गरेको भिडियोलाई मिलन विश्वकर्माले सम्पादन गरेका हुन् । प्रमिला बस्नेतको प्रस्तुती रहेको “बहुरानी” म्यूजिक भिडियो Pramila Basnet युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :