Menu Close

रमेश परियारको शब्द,संगीतमा “डुम्रे बजार आऊ सानु” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। चिज गुरुङ र कमला घर्ति मगरको सुमधुर स्वरमा “डुम्रे बजार आऊ सानु” सार्वजनिक सार्वजनिक भएको छ।

रमेश परियारको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक चिज गुरुङ र मिठो स्वरकी धनी गायिका कमला घर्ति मगरको सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा चिज गुरुङ र सपना पुन मगरको अभिनय रहेको छ। अजय रेग्मीले छायाँङ्कन गरेको भिडियोलाई दिपक बिष्टले सम्पादन,कलर गरेका हुन् । रमेश परियारको प्रस्तुती रहेको “डुम्रे बजार आऊ सानु” म्यूजिक भिडियो Ramesh Pariyar युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *