काठमाडौं। बिक्रम परियार र सुनिता बुढा छेत्रीको सुमधुर स्वरमा “बाटो छेकेको” सार्वजनिक सार्वजनिक भएको छ।
बिक्रम बाबु बिश्वोकर्माको शब्द,रोशन परियारको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक बिक्रम परियार र मिठो स्वरकी धनी गायिका सुनिता बुढा छेत्रीको सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई महेन्द्र भण्डारीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
स्मृति तिमिल्सिना “गुरुआमा”को निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा लोमश शर्मा/नारायणी खत्री/अजय खड्का र अस्मिता पुरीको अभिनय रहेको छ। महेश महराले छायाँङ्कन गरेको भिडियोलाई मनोज कार्कीले सम्पादन,कलर गरेका हुन् । रोशन परियारको प्रस्तुती रहेको “बाटो छेकेको” म्यूजिक भिडियो Meshana Music युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :