काठमाडौं। भिम बि.सी.को शब्द,संगीतमा “मलाई त तिम्रो भर पर्नु छ” सार्वजनिक सार्वजनिक भएको छ।
भिम बि.सी.को शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक टेक बि.सी.र मिठो स्वरकी धनी गायिका रचना रिमालको सुमधुर स्वर रहेको छ। मारुनी स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
बिक्रम चौहानको कथा/निर्देशन रहेको उक्त भिडियोमा प्रभास लामा र निरुता बिस्टको अभिनय रहेको छ। प्रकाश खड्काले छायाँङ्कन गरेको भिडियोलाई मिन रावलले सम्पादन,कलर गरेका हुन् । निरुता बिस्टको प्रस्तुती रहेको “मलाई त तिम्रो भर पर्नु छ” म्यूजिक भिडियो
Niruta Bista युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :