Menu Close

१८ सिडिओहरूको हेरफेर (सूचीसहित)

Share

काठमाडौं । गृह मन्त्रालयले सहसचिव र उपसचिव गरी १८ जना उपसचिवको सरूवा गरेको छ। मन्त्रालयले शुक्रबार सिडिओ (सहसचिव र उपसचिव)हरूको हेरफेर गरेको हो ।

गृहको सरुवा अनुसार धनकुटाका प्रमुख जिल्ला अधिकारी केशवप्रसाद बिमलीको महोत्तरी सरूवा भएको छ। त्यहाँ मन्त्रालयका बासुदेव दाहाल गएका छन्। 
त्यस्तै रामेछापकी रुद्रादेवी शर्माको गुल्मी सरूवा भएको छ भने पाँचथरका अर्जुनकुमार शर्माको रामेछाप, खोटाङका शालिग्राम शर्मा पौडेलको गृह मन्त्रालयमा सरूवा भएको छ।
यसैगरी, महोत्तरीका प्रमुख जिल्ला अधिकारी (उपसचिव) कृष्णबहादुर कटुवालको कारागार झुम्का, वसन्तराज पुरीको भोजपुरबाट इलाका प्रशासन कार्यालय इटहरी, कर्मचारी संगठनका पूर्वअध्यक्ष पुण्य ढकालको पाँचथर सरूवा भएको छ।

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *