काठमाडौं। प्रिती आलेको शब्द,बिक्रम राईको संगीतमा “दिन्छौ भने माया” सार्वजनिक सार्वजनिक भएको छ।
प्रिती आलेको शब्द,बिक्रम राईको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक पदम राई र मिठो स्वरकी धनी गायिका प्रिती आलेको सुमधुर स्वर रहेको छ। A One स्टुडियोमा रेकर्ड गरेको गीतलाई दिबेस राईले संगीत संयोजन र किश्वोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
प्रिती आलेको निर्देशन,राम लामाको कोरियोग्राफी रहेको उक्त भिडियोमा प्रिती आले र पदम राईको अभिनय रहेको छ। सुदिप/पुजन/दिपिनले छायाँङ्कन गरेको भिडियोलाई नबिन घर्ति मगरले सम्पादन,कलर गरेका हुन् । प्रिती आलेको प्रस्तुती रहेको “दिन्छौ भने माया” म्यूजिक भिडियो Priti Ale युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :