काठमाडौं। जीवन भण्डारीको शब्द,सुबाश भुसालको संगीतमा “जुगै जाने पिरती” सार्वजनिक सार्वजनिक भएको छ।
जीवन भण्डारीको शब्द,सुबाश भुसालको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक सुलाव घिमिरे र मिठो स्वरकी धनी गायिका प्रेक्ष्या लम्सालको सुमधुर स्वर रहेको छ। A One स्टुडियोमा रेकर्ड गरेको गीतलाई पुरुषोत्तम सुबेदीले संगीत संयोजन र किश्वोर थापाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
राम चन्द्र राईको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा सुरेश कोहली र स्मारिका ढकालको अभिनय रहेको छ। राम चन्द्र राईले छायाँङ्कन गरेको भिडियोलाई निशान घिमिरेले सम्पादन,कलर गरेका हुन् । सुनिल दवाडीको प्रस्तुती रहेको “जुगै जाने पिरती” म्यूजिक भिडियो Sunil Dawadi युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :