काठमाडौं। अम्बिका गुरुङको शब्द,पुरुषोत्तम सुबेदीको संगीतमा “सम्झिन सिकायौ” सार्वजनिक सार्वजनिक भएको छ।
अम्बिका गुरुङको शब्द,पुरुषोत्तम सुबेदीको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक पुरुषोत्तम सुबेदीको सुमधुर स्वर रहेको छ। फील स्टुडियोमा रेकर्ड गरेको गीतलाई पुरुषोत्तम सुबेदीले संगीत संयोजन र दिनेश राज बाहकले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
टिम मुक्तिनाथको निर्देशन रहेको उक्त भिडियोमा दिनेश कठायत/यशु भट्टराई र राजेन्द्र ठकुल्लाको अभिनय रहेको छ। रोनिश तामांगले छायाँङ्कन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन,कलर गरेका हुन् । अम्बिका गुरुङको प्रस्तुती रहेको “सम्झिन सिकायौ” म्यूजिक भिडियो Bhavsagar Entertainment LLC युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :