Menu Close

हस्त तामांग र अनु चौधरीको सुमधुर स्वरमा “मेरी माया” सार्वजनिक (भिडियो सहित)

Share

काठमाडौं। हस्त तामांगको शब्द,संगीतमा “मेरी माया” सार्वजनिक सार्वजनिक भएको छ।

हस्त तामांगको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक हस्त तामांग र मिठो स्वरकी धनी गायिका अनु चौधरीको सुमधुर स्वर रहेको छ। FYUBA स्टुडियोमा रेकर्ड गरेको गीतलाई हस्त तामांगले संगीत संयोजन र वानग्च्यु फ्युबाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।

बिक्रम चौहानको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा नायक पल शाह र रस्मिला तामांगको अभिनय रहेको छ। पवन सुस्लिंगले छायाँङ्कन गरेको भिडियोलाई मिलन बिश्वोकर्माले सम्पादन,कलर गरेका हुन् । हस्त तामांग गोलेको प्रस्तुती रहेको “मेरी माया” म्यूजिक भिडियो Hasta Tamang Gole युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।

भिडियो हेर्नुहोस् :

Share

Leave a Reply

Your email address will not be published. Required fields are marked *