काठमाडौं। अस्मिता अधिकारीको सुमधुर स्वरमा “घुम्तीमा रेल-२ (हारिदिएँ)” सार्वजनिक सार्वजनिक भएको छ।
नवराज कलौनीको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका अस्मिता अधिकारीको सुमधुर स्वर रहेको छ। गीतलाई कमल सौरागले संगीत संयोजन र श्यामश्वेत रसाइलीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
कमल सुनारको निर्देशन रहेको उक्त भिडियोमा विजय पुन,प्रतिक्ष्या खतिवडा र जिशु कोइरालाको अभिनय रहेको छ। कमल सुनारले छायाँङ्कन गरेको भिडियोलाई कमल सुनारले सम्पादन,कलर गरेका हुन् । नवराज कलौनीको प्रस्तुती रहेको “घुम्तीमा रेल-२ (हारिदिएँ)” म्यूजिक भिडियो Nawaraj Kalauni युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :