काठमाडौं। सबिता कार्कीको शब्द,कमल सुशान्त के.सी.को संगीतमा “सासै जाने बेलामा” सार्वजनिक सार्वजनिक भएको छ।
सबिता कार्कीको शब्द,कमल सुशान्त के.सी.को संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक कमल सुशान्त के.सी.र मिठो स्वरकी धनी गायिका सबिता कार्कीको सुमधुर स्वर रहेको छ। मालश्री स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिनोद बाजुरालीले संगीत संयोजन र खडक बाजुरालीले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
समिर थोकरको कथा/निर्देशन रहेको उक्त भिडियोमा बिनोद श्रेष्ठ र सबिता कार्कीको अभिनय रहेको छ। मरुभूमि नारायणले छायाँङ्कन गरेको भिडियोलाई दिपक बिस्टले सम्पादन,कलर गरेका हुन् । सबिता कार्कीको प्रस्तुती रहेको “सासै जाने बेलामा” म्यूजिक भिडियो Sabita Karki
युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :