काठमाडौं। किरण भुजेल र बेनिषा पौडेलको सुमधुर स्वरमा “तिमीलाई अंगालोमा” सार्वजनिक सार्वजनिक भएको छ।
अम्बिका गुरुङको शब्द,सुबाश भुसालको संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक किरण भुजेल र मिठो स्वरकी धनी गायिका बेनिषा पौडेलको सुमधुर स्वर रहेको छ। फिल डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई विषम आचार्यले संगीत संयोजन र कुमार के.सी.ले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
केशब राज भट्टको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा सोफी धरेल र किरण भुजेलको अभिनय रहेको छ। प्रकाश खड्काले छायाँङ्कन गरेको भिडियोलाई दिन्सोन शाहले सम्पादन,कलर गरेका हुन् । अम्बिका गुरुङको प्रस्तुती रहेको “तिमीलाई अंगालोमा” म्यूजिक भिडियो Bhavsagar Entertainment LLC युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :