काठमाडौं। खेम सारु मगरको शब्द,संगीतमा “टाढा हुन मान्दैन मन” सार्वजनिक सार्वजनिक भएको छ।
खेम सारु मगरको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक किरण भुजेल र मिठो स्वरकी धनी गायिका आश्मा बिश्वोकर्माको सुमधुर स्वर रहेको छ। अलंकार डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई बिशाल निरौलाले संगीत संयोजन र मनोज परियारले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
निरेन श्रेष्ठको निर्देशन/कोरियोग्राफी रहेको उक्त भिडियोमा मनोज लुहार र पवित्रा शाकीको अभिनय रहेको छ। केशव बिश्वोकर्माले छायाँङ्कन गरेको भिडियोलाई बिष्णु खड्काले सम्पादन,कलर गरेका हुन् । AK Production Nepalको प्रस्तुती रहेको “टाढा हुन मान्दैन मन” म्यूजिक भिडियो HighlightsNepal युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :