काठमाडौं। जय देवकोटाको शब्द,संगीतमा “बाडुल्की” सार्वजनिक सार्वजनिक भएको छ।
जय देवकोटाको शब्द,संगीत रहेको उक्त गीतमा लोक प्रिय गायक जय देवकोटा र मिठो स्वरकी धनी बाल गायिका कल्पना विष्टको सुमधुर स्वर रहेको छ। तरङ्ग डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई हेमन्त शिशिरले संगीत संयोजन र जय देवकोटाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
रोजल थापाको निर्देशन रहेको उक्त भिडियोमा जय देवकोटा/इशा सापकोटा/समिक्ष्या पौडेल र इश्वोरी सापकोटाको अभिनय रहेको छ। हरिश महराले छायाँङ्कन गरेको भिडियोलाई अनिल रानाले सम्पादन,कलर गरेका हुन् । इश्वोरी सापकोटाको प्रस्तुती रहेको “बाडुल्की” म्यूजिक भिडियो Jaya Devkota युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :