काठमाडौं। आजकल केही दिन देखी यता ठाउँ ठाउँमा तीजको गीतहरु गुन्जिन थालेको छन् । तीजको चालचुला पनि बढ्न थाले संगै विभिन्न सामाजिक संजालहरु मार्फत नयाँ गीतहरु पनि आउन थालेको छन् । त्येस्तै अहिले नरेश खातीको मौलिक तीज गीत “ए आमा” सार्वजनिक भएको छ।
नरेश खातीको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका जयन्त मगरको सुमधुर स्वर रहेको छ। मारुनी डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई कमल सौरागले संगीत संयोजन र कुमार रानाले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
बिशाल नेपालीको कथा,निर्देशन रहेको उक्त भिडियोमा लक्ष्मी गिरी/सारिका के.सी./नरेश खाती/सरु तिमल्सिना र बिष्णु कार्कीको अभिनय रहेको छ। दिनेश पराजुलीले छायाँङ्कन गरेको भिडियोलाई नबिन घर्ती मगरले सम्पादन,कलर गरेका हुन् । नरेश खातीको प्रस्तुती रहेको “ए आमा” म्यूजिक भिडियो Meksam Naresh Official युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :