काठमाडौं। मुना अर्याल, महेन्द्र बि.क.र रबिन भुसालको सुमधुर स्वरमा “मनले खाको मान्छे” सार्वजनिक भएको छ।
अर्जुन पोखरेलको शब्द,संगीत रहेको उक्त गीतमा मिठो स्वरकी धनी गायिका मुना अर्याल र लोक प्रिय गायक महेन्द्र बि.क./रबिन भुसालको सुमधुर स्वर रहेको छ। ए प्लस डिजिटल स्टुडियोमा रेकर्ड गरेको गीतलाई विषम आचार्यले संगीत संयोजन र नरेश बि.बि.सी.ले मिक्सिङ/मास्टरिङ गरेका हुन्।
माइकल चन्दको निर्देशन रहेको उक्त भिडियोमा पुस्पा खड्का/लालन चिमरिया/राज कटुवाल र उषा उप्रेतीको अभिनय रहेको छ। अनिल के. मानन्धरले छायाँङ्कन गरेको भिडियोलाई सिलन लम्सालले सम्पादन,कलर गरेका हुन् । The Divine Musicको प्रस्तुती रहेको “मनले खाको मान्छे” म्यूजिक भिडियो The Divine Music युट्युब च्यानल मार्फत् बजारमा आएको छ। सम्पूर्ण टिमलाई बधाई तथा सफलताको शुभकामना।
भिडियो हेर्नुहोस् :